विन्डोज लाईभबाट ब्लग गर्दै

February 7, 2010

आज आइतबार, क्लास त छैन तर पनि म ढिलै भएपनि स्कुलमा आएको छु, ल्याबमा बसेर त्यत्तिकै विभिन्न कुराहरु सोचेर बसिराखेको छु। त्यत्तिकै बस्नभन्दा बरु ब्लगमा केहि कुराहरु लेख्छु भनेर सोच्दै यहाँ २-४ वटा कुराहरु लेख्ने जमर्को गर्दैछु ।File_001      try

केहि हप्ता अगाडि खिचिएका फोटाहरु ।

नेपालीमा टाईप गर्ने तरीका ….

November 1, 2009

नमस्कार !

यदि सजिलो र छिटो नेपालीमा टाईप गर्न चाहनुहुन्छ भने तपाइँलाई चाहिन्छ , “नेपाली यूनिकोड”। आउनुस हेरौँ कसरी यो सफ्टवेयरलाई तपाइँको कम्प्युटरमा राख्ने र प्रयोग गर्ने :

१. सर्वप्रथम , यो लिङ्कमा गएर सफ्टवेयर डाउनलोड गर्नुस् , त्यो download लेखेको ठाउँमा click गरेर फाइल सेभ गर्नुहोला :

Snap1

 

२. romanized.zip नामको फाइललाई winzip अथवा 7zip आदि सफ्टवेयरको सहायताबाट unzip गर्नुहोला : (अर्को अर्थमा भन्नुपर्दा बाँधेर राखिएको फाइलको डोरी फुकाल्नुहोला )

Snap3

 

३.त्यसपछि , romanized ->Romanized Nepali Unicode फोल्डरमा गएर setup.exe नामको फाइलमा double click गर्नुहोस् ।

Snap4

 

त्यतिगरेपछि केही समयपछि डाउनलोड successful भएको message देख्नुहुनेछ।

४. त्यसपछि Start बटन हुँदै Control Panel मा जानुहोला।

Snap5

 

५. त्यहाँभित्र  Regional and Language Options लेखेको आइकन मा double click गरेर त्यसलाई खोल्नुहोस् ।

Snap6

 

६. त्यसपछि Regional and Language Options को Languages ट्याबको Details मा Click गर्नुहोस् ।

Snap8

 

७. त्यसपछि English लेखेको तलको keyboard मा select गरेर दाँया तिरको Add बटनमा थिच्नुहोस् , तल तस्विरमा देखाएजस्तै ।

Snap9

 

८. keyboard layout/IME मा राइट लगाउनुहोस् ।

Snap10

 

९. त्यसपछि त्यो drag बटनमा थिचेर Nepali Unicode Romanized लेखेकोलाई select गर्नुहोस् ।

Snap11

 

१०. त्यतिगरेपछि अब Ok Ok बटनहरु थिच्दै त्यो प्रकृया पुरा गर्नुहोस् ।

११. यति गरेपछि अब कम्प्युटरमा नेपालीमा टाइप गर्ने सफ्टवेयर हालिसकियो, अब त्यसलाई प्रयोग गर्नको लागि , कम्युटरको डेस्कटपको तलपट्टी दाइनेतिर  को आइकनमा click गरेर Nepali unicode romanized चेक गर्नुहोला ।

Snap12

 

१२. अनि जहाँ नेपाली लेख्न मनलाग्छ , त्यहि गएर नेपाली लेख्नुहोला ।

Snap13

 

बधाई छ , तपाइँले अब आफ्नो मातृभाषामा लेख्न सक्नुहुनेछ । लेख्ने नियम सजिलै भएपनि यो तलको keyboard layout जुन तपाइँको romanized -> keyboard layout नामको फोल्डरभित्रपनि रहेको छ , त्यसको सहायता लिन सक्नुहुनेछ ।

आशा गरौँ यो टिप्स् तपाइँको लागि सहयोगी बन्न सक्यो , यदि समस्या अझै भएमा सम्पर्क गर्नुहोला । धन्यवाद ।

just posing

August 9, 2009

My left Palm

August 9, 2009

२४ औँ जन्मदिवस

August 8, 2009

आज म २४ बर्ष पुगेँ । आजको दिन खासै रमाइलो , नरमाइलो केहि भएन । लाइब्रेरी र ल्याबमा नै बित्यो । साथीहरुको शुभकामना आयो थुप्रै , फेसबुकमा र ईमेलमा , तर जन्मदिनको पार्टी चाँहि खास केहि भएन । आज को को सँग भेट भयो , र के के गरेँ त ?
१. बिहान ८ बजे उठेँ , वेनको म्यासेज आयो , जन्मदिनको शुभकामनाको । उठेर मुख धोएर , ल्याबतिर लागेँ ।
२.ल्याबमा एकछिन मेलहरु चेक गरेँ , फेसबुक हेरेँ , साथीहरुको शुभकामना म्यासेज थुप्रै थियो , खुशि लाग्यो ।
३. एक गेम भर्टुअल टेनिस गेम खेले ।
४. ११.३० मा लन्च खान गए , ईन्डियन रेस्टुरेन्टमा , मटन, साग , चना र दाल ।
५. फर्केर लाइब्रेरी गए , १.३० बजेसम्म एउटा पेपर पढेँ । अलिअलि निद्रा लागे झैँ भयो , पछि म ल्याबतिर फर्केँ ।
६. ल्याबमा एकछिन फुसबल खेलियो , त्यसपछि फेरि लाइब्रेरितिर गएँ । तीनवटा पेपर पढेँ , बीचमा चन्द्रुले ईन्डियाबाट फोन गरे, खुशि लाग्यो ।
७. त्यसपछि खाना खान गए , लगभग सात बजेतिर , खाँए चाईनिज शा कुवो (ती सान सिएन )। फेरि ल्याबमा गए , एकछिन टेनिस गेम खेले र आठ बजेतिर कोठातिर फर्केँ , बाटोमा चाङ् वेई हरु बास्केटबल खेल्दै गरेको देखेँ , कपडा फेरेर म पनि खेलेँ एकछिन । खेल्ने क्रममा धन्नै सिंगापुरका केटाहरुसँग झगडा परेको चाङ्को .. ती केटाहरु अलि अभद्र व्यवहार गरिरहेका थिए ।
८. खेलिसकेपछि कोठामा आँए , नुहाँए , र कम्प्युटर अगाडि बसेर यी ब्लग लेख्न थाँले ..

आज को को सँग भेट भयो र कुराकानी भयो ..
१. सन्च्री चिए , जउ , याङ् , ल्याबमा पुगेर शिली चिए , नयाँ ईन्ट्रन गर्न आएकी चाइनिज केटी (नाम थाहा छैन), आ बाव , वाङ गुव पिङ , गोङ बो जाव , भिएतनामीज केटी (नाम याद छैन), जाव फङ् , शि लेइ , जउ यूवान , फुड कोर्टको ईन्डियन् र चाईनिज , …चाङ् वेई , चाङ् खाइ , तीनजना सिंगापुरियन बास्केटबल केटाहरु , आदि ।

trying..

August 4, 2009

just tryin

152 scored by me in snooker , last yr

July 26, 2009

152 .. beat me if u can !

रेगुलर मिहिनेत गर

July 22, 2009

यो हप्ता केहि उपलब्धिमूलक काम हुन लागेको लक्षण छ , सरस्वतीमाता म मिहिनेत को मात्रा बढाउँदै जानेछु । आज धेरै कुराहरु गर्छु , पढ्ने , समरी लेख्ने र नयाँ आइडियाहरुको बारेमा सोच्ने , नयाँ विचार निकाल्ने ।

किन म यस्तो ? किन मन यस्तो ?

July 18, 2009

आखिर के हो यो मन ? किन त्यत्तिकै त्यस्तो लचकदार भइदिन्छ ? किन त्यति चाँडो लोभिन्छ र उसको आशा गर्छ यो मन ? आखिर किन ? नसोच बाबु यो कुरा, यो शायद उमेरको दोश हो, यो शायद यो अवस्थाको दोष हो । मैले सोच्नुपर्छ कि यो कुरामा गंभिर हुनुपर्ने कुनै ठाउँ नै छैन , सबैजनाले एकैनासले सोच्दैनन् । मैले जसरी सोच्छु अरुले त्यसरी शायद सोचेका छैनन् होला किन्तु उसको मुखले जे भनेपनि । त्यहिभएर यो नचाहिँदो लोभमा नफँस् केटा , अन्त्यमा यसले समय वर्वादि र एककिसिमको दिवा-सपना बाहेक केहि दिने छैन । बेलैमा बुद्धि पुर्याएको जाति ।

म त्यस्तो हैन , म एउटा लक्ष लिएर त्यसको प्राप्तिको लागि हिँड्नुपर्छ , यस्ता सानातिना कुराहरुले अल्झिनु हुँदैन ।

सरस्वती माता माफ गर मन केहि लड्बडाउन गएकोमा । गएको हप्ता तुलनात्मक रुपमा राम्रो हुन गयो , आउँदो हप्ता झन् राम्रो बनाउँछु , प्रयास हैन बनाउँछु , थप नयाँ कुराहरु सिक्नेछु , मन लगाएर मेरो क्षेत्रको कुराहरुको अध्ययन गर्नेछु , कृपया मलाई आशिर्वाद दिनुहोला ।

नयाँ कुरा, गितार किनेर ल्याएको छु , सरस्वती माताको भक्तको कारणले गितार राम्रोसँग सिक्न पर्ने हो , हे माता मलाई सिक्ने जोश र हौसला दिनुहोस् ।

तपाईँको भक्त : सुरज पाठक ।

भोलिबाट दिन फरक हुनेछ , म बाचा गर्दछु , हे सरस्वती माता !

July 12, 2009

हे सरस्वती माता ! भोलिबाट यी दिनहरु नितान्त फरक हुनेछन् । भोलिबाट तपाइँको भक्त तपाइँलाई खुशी पार्ने काम गर्नेछ , त्यो हो एकदम मिहिनेतका साथ पढेर नयाँ कुराहरु सिक्दै जाने । गएका केहि हप्ताहरु अलि अल्याङ्-उल्लुङ् पाराले बितिरहेका छन् , म बाचा गर्नेछु भोलिदेखि फरक पर्नेछ । मलाई माफ गर्दिनुहोला मेरो अल्छिपनको लागि, तर भोलिदेखि म फेरि अल्छि भएमा चाँहि सँजाय दिनुहोला । म भोलिदेखि राम्रोसँग मिहिनेत गरेर पढ्ने छु, प्रयास हैन , म पढ्ने छु। सरस्वतीमाता मलाई जोश जाँगर र हौसला दिनुहोस् ।

—–उहि हजुरको भक्त विद्यार्थी –सुरज पाठक ।


Follow

Get every new post delivered to your Inbox.